कांग्रेस केन्द्रीय कार्यसमिति बैठकः विधान मस्यौदा प्रतिवेदनमाथि छलफल

title
आइतवार, मंसिर ९, २०७५

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक विहान ८:३० बजे बोलाइएको हाे । केन्द्रीय समितिमा विधान मस्यौदा समितिले तयार पारेको प्रतिवेदन पेश हुँदैछ ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान समितिले हिजो राति अबेरसम्म मस्यौदामाथि छलफल गरेको थियो । आज पेश हुने विधान मस्यौदा प्रतिवेदन केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि तीन दिनको समय दिईने प्रवत्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । प्रतिवेदनको तयारीमा जुटेको समितिभित्र केही बुँदामा फरक मत देखिएकाले विकल्पसहितको मस्यौदा तयार पारिएको छ ।

यसैबीच कांग्रेसले मंसिर २८ गतेदेखि महासमितिको बैठक बोलाएको छ । पार्टीमा विधान संशोधनका बिषयमा संस्थापन र इत्तर पक्षबीचको विवाद कायमै रहेको छ । केन्द्रीय सदस्य संख्या, नेविसंघको उमेरहद, सभापतिको अधिकारका बिषयमा दुई पक्षबीच मतभेद रहँदै आएको छ ।