कांग्रेस बैठकले नेविसंघबारे कुनै निर्णय लिन सकेन, बैठक पुनः आज बस्दै

title
आइतवार, मंसिर २, २०७५

काठमाडौं । महासमितिको बैठक स्थगीत् भएपछि विकसित् घटनाक्रम र नेविसंघको कार्यकाल थप्ने विषयमा छलफल गर्न डाकिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक ५ मिनेट बसेर स्थगित भएको छ ।

हिजोको बैठकमा भ्रातृ संगठन नेविसंघको ३२ बर्षे उमेर हद कायम गर्ने सम्वन्धी विवाद र पार्टीको विधान मस्यौदाका बिषयमा छलफल गर्ने भनिएपनि नेविसंघको कार्यकाललाई लिएर विवाद बढेपछि अबेर बैठक बसेको थियो ।

नेपाल विद्यार्थी संघको वर्तमान कार्य समितिको कार्यकाल आज राति सकिने भएकाले आज २ बजे बैठक बसेर यसबारे टुंगो लगाउने भन्दै हिजोको बैठक सकिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।