कांग्रेस महासमिति बैठक सर्ने

title
मङ्लबार, कार्तिक ६, २०७५

काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा हुनेमा केन्द्रीय सदस्यहरुले आशंका व्यक्त गर्न थालेका छन् ।

केन्द्रीय समिति बैठक नै अनिश्चित भएको भन्दै उनीहरुले यस्तो आशंका व्यक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाले नेविसंघमा ३२ बर्षे उमेर हद बहुमतका आधारमा पारित गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

त्यसपछि गत असोज २५ गतेका लागि बोलाइएको बैठक उनीहरुले बहिष्कार गर्ने चेतावनी दिएपछि अनिश्चितकालका लागि स्थगन गरिएको छ । याे खबर अाजकाे कारोबार दैनिकमा छ ।