
काठमाडौँ : सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलवार बस्ने भएको छ।
कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक यही असोज १५ गते मंगलवार बस्न लागेको जनाएको छ।
उक्त दिन संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्न लागेको हो। दुवै बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।