
काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।
कांग्रेसले आज अपराह्न २ बजेदेखि बस्ने भनेको संसदीय दलको बैठक शुक्रबार बिहान साढे ८ बजे बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से हलमा बस्ने गरी स्थगित भएको हो ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको बैशाख २५ गते असामयिक निधन भएको र उनको आज अन्त्येष्टि गरिने भएकाले कांग्रेस संसदीय दलको बैठक स्थगित भएको हो ।