कांग्रेस सचेतक खाँड : प्रदेशमन्त्री विजय यादवलाई कारवाही गर्नुपर्छ

title
शनिबार, माघ ५, २०७५

पुरन साह/धनुषा । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रदेश दुईमा सचिव माथि हातपात गर्ने प्रदेशमन्त्री विजय यादवलाई कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

विभिन्न कार्यक्रममा सहभागि हुन धनुषा पुग्नुभएका प्रमुख सचेतक बालकृष्ण खाँडले कर्मचारीले गल्ती गर्दैमा विधि अनुसार कानुन कारवाही गर्नुपर्नेमा मन्त्रीले झापड हान्नु निन्दनिय भएको बताउनुभयो । कर्मचारीमाथि हातपात गर्ने मन्त्री माथी कडा कारवाहीको मांग गर्नुभयो ।

नेता खाँडले संसदिय छानविन समिति गठन गरी घटनाबारे छानबिन गर्नुपर्ने बताउनुभयो ।