कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’

title
शुक्रबार, फाल्गुन ३, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार पूर्णतः असफल भएको आरोप लगाउनु भएको छ ।

कांग्रेस सहमहामन्त्री महतले सरकारको एक वर्ष पूरै असफल भएको दावी गर्नु भएको हो । उहाँले ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारलाई ‘कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’को संज्ञा पनि दिनु भयो । शुक्रवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले सरकारले गलत आर्थिक नीति लिएकाले मुलुकको आर्थिक क्षेत्र संकटमा फँसेको, सुशासन दिनुको सट्टा भ्रष्टाचार बढेको, अपरिपक्व परराष्ट्र नीतिका कारण अन्तराष्ट्रिय सम्बन्ध बिग्रेको दावी पनि गर्नु भयो ।

पूर्व परराष्ट्रमन्त्री समेत रहनु भएका महतले सरकारकै कारण मुलुकमा स्वदेशी पूँजी समेत पलायन हुने अवस्थामा पुगेको पनि बताउनु भयो । सरकारले उल्टो बाटो लिएकाले मुलुकमा सुशासन र समृद्धि आउने सम्भावना नरहेको उहाँको दावी छ ।