कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनीको निधन

title
आइतवार, साउन २०, २०७५

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको निधन भएको छ । स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।
हृदयाघातका कारण पंगेनीको निधन भएको पारिवारिक स्रोतले बतायो । गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उनी २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनका श्रीमती, एक छोरा, एक छोरी छन्।