
मध्य काजकिस्तानमा भएको कोइलाखानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको आपतकालीन मन्त्रालयले बताएको छ ।
मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘कारागान्दा सहरमा आर्सेलरमित्तल टेमिरटाउ कम्पनीको कोस्टेन्को खानीमा शनिबार भएको आगलागीपछि बेपत्ता भएका खानी मजदुरहरूको उद्धार अभियान अहिले पनि जारी छ ।’
यसअघि शनिबार कजाक सरकारले पीडितहरूको सम्मानमा आइतबार राष्ट्रिय शोक दिवसको घोषणा गरेको थियो । आगो लाग्दा खानीभित्र दुई सय ५२ मानिस थिए । पछि दुई सयभन्दा धेरै मानिसलाई बाहिर निकालिएको थियो । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।