काठमाडाैं अाज याे वर्ष हालसम्मकाे दाेस्राे पटक सबैभन्दा चिसाे

title
बुधबार, मंसिर १९, २०७५

काठमाडौँ – बुधबार देशका पूर्वी र पश्चिमि भूभागका साथै मध्य पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी भूभागमा सामान्य हिमपातको पनि सम्भावना रहेको र अन्य क्षेत्रमा सामान्यतया मौसम सफा रहने महाशाखाकाे अनुमान छ ।

तराई क्षेत्रमा बिहान हुस्सु लागेको भएपनि मध्यान्नपछि घाम लाग्ने र राती पहाडी भूभागमा आंशिक बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने अनुमान मौसमविदको छ ।

बुधबार बिहान ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।  काठमाडाैंमा अाज याे वर्ष हालसम्मकाे दाेस्राे सबैभन्दा चिसाे मापन गरिएकाे हाे । मंगलबार न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मंगलबार अधिकतम तापक्रम १९.८ डिग्री सेल्सियस मापन भएकोमा बुधबार १७ देखि १९ डिग्री सेल्सियसको बिचमा अधिकतम तापक्रम रहने विभागकाे अनुमान छ ।