काठमाडौँ उपत्यका आसपासमा हिउँ पर्यो, चिसो अझै बढ्ने

title
शनिबार, माघ २६, २०७५

काठमाडौँ । लगातार परेको माघे झरीका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ ।

तीन दिनसम्म लगातार परेको पानीका कारण काठमाडौँ उपत्यका आसपास क्षेत्रमा हिमपात भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहितका क्षेत्रमा आज ३ डिग्रीसम्म तापक्रम हुनसक्ने छ ।