काठमाडौंमा नेपाल–अफ्रिका फिल्म महोत्सव

title
मङ्लबार, मंसिर ११, २०७५

काठमाडौं । ‘सातौं नेपाल–अफ्रिका फिल्म महोत्सव २०१८’ सोमबारबाट काठमाडौमा जारी छ । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा शुरु भएको महोत्सव बुधबारसम्म चल्नेछ ।

महोत्सवको पहिलो दिन इजिप्टका मोहमद फाडलद्वारा निर्देशित नासिर ५६, चीनका ज्याङयोङ, होडन ओ अब्डी र फु डोङ निर्देशित अफ्रिकन इन युवा, स्विजरल्यान्डका आइरन लोएबल निर्दे्शित लाइफ इन प्रोगेस गरेर ३ फिल्म प्रर्दशन भए । विभिन्न विषयवस्तुमा आधारित ११ वटा फिल्म प्रदर्शनी गरिने कलेज अफ जर्ना्लिजम एन्ड मास कम्युनिकेसन (सिजेएमसी) एवम् फेस्टिभलकी आयोजक तथा निर्देशक डा. मन्जु मिश्रले जानकारी दिइन् ।

महोत्सवको दोस्रो दिन स्वीडेनका नाडिया डाइवर्ग र पी युलिन्स निर्देशित ‘फुटबोलडोक्र्टन’, रुवान्डा, फ्रेन्च र बेल्जियमका फिलिप भ्यान लु निर्देशित ‘ली लोर ओ डाइस्ट’, ‘पार्टी इन भोग’र सेनेगलका ओस्मान विलियम मेबी निर्देशित ‘प्रेसिडेन्ट डाई’, र अल्जेरियाका मर्जाकओल्ज निर्देशित ‘बाबएल क्यु सिटी फिक्सन’ फिल्मको प्रदर्शन गरिनेछ ।

यस्तै,तेस्रो दिन अमेरिकाका जर्ज क्यासी निर्देशित ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाका डारयन जोसाउ निर्दे्शित ‘कल मी थिफ’ फिलिपिन्सको ‘भेलभेट रेभ्युलेसन’ र नेपालबाट मनोज पण्डितद्वारा निर्दे्शित फिल्म ‘छाँया’ प्रदर्शन गरिनेछ । अफ्रिकालाई यस्तै सांस्कृतिक विषयवस्तु जानकारी दिन फेस्टिभल आयोजना गरिएको हो । महोत्सवमा विदेशी चलचित्र निर्देशकको समेत उपस्थित रहेको छ ।