काठमाडौंमा पनि हिमपात, चिसो बढ्यो

title
सोमवार, पुस २३, २०७५

काठमाडौं । आज विहानै देखि मुलुकका अधिकांश क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको र पहाडी तथा तराइ क्षेत्रमा पानी पर्ने सम्भावना रहेकोजल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैबीच आज विहानैदेखि काठमाडौंमा पानी परेको छ भने काठमाडौं आसपाका डाँडाहरुमा हिमापात भएको छ । चन्द्रागिरि, फुलचोकी लगायतका क्षेत्रमा हिमपात भएको हो ।  त्यस्तै कर्णलीका हुम्ला जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको छ । पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको हो ।

सोमबार दिउँसो पनि देशैभरको मौसम बदली हुनेछ भने काठमाडौंसहित मध्य भागमा पानी पर्ने सम्भवना छ । त्यस्तै आज राती देशको पश्चिमी भुभागमा आंशिक बदली तथा मध्य र पुर्वी भुभागमा सामान्य बदली रही मध्य र पुर्वी भागमा हल्का पानी पर्ने पुर्वानुमान माहाशाखाको छ ।

काठमाडौ। उपत्यकामा सेप्टेम्बर २३ यता पहिलो पटक पानी परेको महाशाखाले जनाएको छ । आज सवैभन्दा बढि वर्ष धनगडीमा भएको छ । त्याहा ९ मिलिलिटर पानी परेको छ । मंगलबारदेखि भने पश्चिमी वायुको प्रभाव नेपालको पश्चिमी भेगबाट बाहिरिने भएकाले मौसममा सुधार आउने विभागले जनाएको छ ।