काठमाडौंमा यो वर्षकै सर्वाधिक जाडो

title
बिहिबार, मंसिर २०, २०७५

काठमाडाैं । आज काठमाडौं उपत्यकामा यस वर्षकै सर्वाधिक जाडो भएकाे छ । जाडो अझै बढ्ने मौसमविदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको न्युनतम तापक्रम ५.६ डिग्री सेल्सियस पुगेको थियाे ।

मौसमविद अनुसार आज बिहान साढे ६ बजेको तापक्रम यो वर्षमा अहिलेसम्मको कम हो । जाडो बढेसँगै मध्य र पश्चिम पहाडका उच्च भागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना पनि छ । साथै उच्च हिमाली भागमा हिमपात हुने छ ।