काठमाडौंमा ‘सार्क चेम्बर अफ कमर्श’को बैठक सुरु

title
बिहिबार, बैशाख १९, २०७६

काठमाडौं । काठमाडौंमा सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री कार्यकारिणी समितिको बैठक सुरु भएको छ । सार्क क्षेत्रको आर्थिक विकासमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यका साथ सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीको ७७औं कार्यकारिणी समितिको बैठक आजबाट काठमाडौंको चन्द्रागिरीमा सुरु भएको हो ।

२ दिनसम्म चल्ने बैठकको उद्घाटन सभामुख कृष्णबहादुर महराले गर्नु भएको थियो । सार्क क्षेत्रको आर्थिक विकासमा सदस्य राष्ट्रका उद्योगी/व्यवसायीहरुले कसरी मिलेर अघि बढ्ने भन्ने विषयमा केन्द्रित भएर बैठक सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिनु भयो ।

बैठकमा सार्क राष्ट्रका उद्योगीहरुले क्षेत्रीय सम्भावना र त्यसको विकासका लागि संयुक्त लगानी गर्ने विषयमा पनि विस्तृत छलफल गर्नेछन । कार्यक्रम सभामुख महराले सार्क क्षेत्रका जनताको जीवनस्तर उठाउने गरी सहकार्य गरेर अघि बढ्न उद्योगी÷व्यवसायीहरुलाई आग्रह गर्नु भयो । बैठकमा सार्क राष्ट्रका उद्योगी÷व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको छ ।