
काठमाडौं। काठमाडौं महानगरपालिकाले नेपाल र बंगलादेशबीच आज साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ गर्ने भएको छ ।
महानगरपालिकाको टुँडिखेल, सानौ गौचरण र सिफल चौरमा खेल लाइभ गर्ने तयारी भइरहेको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ । मेयर बालेनको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले दिएको जानकारी अनुसार, लाइभ गर्नका लागि आवश्यक तयारीको कामहरू भइरहेको छ ।
साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको उपाधिका लागि आज घरेलु टोली नेपाल र साविक विजेता बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ६ बजे सुरु हुनेछ।