कान छेड्दा स्वास्थ्यलाई फाइदा!

title
बिहिबार, जेष्ठ २, २०७६

अभिभावकले साना बच्चालाई रुवाउँदै कान छेड्दिने गरेका छन् । यो परम्परा विस्तारै फेसनकै रुपमा विकास भएपनि स्वास्थ्यका हिसावले पनि फाइदाजनक रहेको एक अध्ययनले देखाएको छ।

कानको लोतीमा हुने एक प्वाइन्टका कारण मानिसको जीवनमा कानले तरंग पैदा गर्छ । कान छेड्दा प्राय त्यही प्वाइन्ट वरपर छेडिने भएकाले मानिसको मानसिक स्वास्थ्यसहित शारीरिक स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको अध्ययनबाट पत्ता लागेको छ ।

कान छेड्दा के फाइदा

कानको तल्लो भागमा दबाब पुग्ने हुँदा यसले तनाब कम गर्न सहयोग पुग्छ ।
कानको लोतीमा आउने दबाबले मस्तिष्कको समस्याबाट पनि बचाउँछ ।
मस्तिष्कको क्षमता विकास गर्न सहयोग गर्छ ।
आँखाको ज्योतिलाई सन्तुलित राख्न मद्दत पुर्‍याउँछ ।
कानको सूचक प्वाइन्टमा हुने दबाब पाचन प्रणालीसँग पनि जोडिएका भएकाले भोक लाग्ने तथा पाचन प्रणाली मजबुद हुने पाइएको छ ।
शरीर सुनिने र प्यारालाइसिस हुने जोखिम पनि कम हुने वैज्ञानिकहरुको भनाई छ ।