काभ्रेमा जीप दुर्घटना, २ जनाको मृत्यु ४ जना घाइते

title
शनिबार, कार्तिक १०, २०७५

काभ्रे । रामसुन्दर आचार्य । काभ्रेको मण्डनदेउपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

देउपुरको ढकालथोक नजिकै सडकबाट खसेर बा ३ च २८७ नम्बरको जीप दुर्घटना भएको हो ।

६ जना सवार जीपमा रहेका २ जनाको मृत्यु भएको र ४ जनाको उद्धार गरी धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।