कामका लागि संघीय सरकारको मुख नताक्न प्रदेश सरकारलाई स्वास्थ्यमन्त्री यादवको निर्देशन

title
बिहिबार, अशोज १८, २०७५

पुरन साह/धनुषा । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले कामका लागि संघीय सरकारको मुख नताक्न प्रदेश सरकारलाई निर्देशन दिनु भएको छ ।

बिहिवार जनकपुर अञ्चल अस्पतालको वाहिरंग विभागको नव निर्मित भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले संघीय सरकारले कर्मचारी पठाउन आनाकानी गरे करारमा कर्मचारी नियुक्त गरी धमाधम काम गर्न र्निदेशन दिनु भएको हो ।

उपप्रधानमन्त्री यादवले प्रादेशीक लोकसेवा आयोग र करार भर्ना सम्बन्धी विद्येयक ल्याएर फटाफट कर्मचारी भर्ना गरी काम गर्न निर्देशन पनि दिनु भयो ।

मन्त्री यादवले प्रदेश २ मा धरान जस्तै एक स्वाथ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक आयुर्वेदिक अस्पताल पनि सञ्चालन गर्न बताउनु भयो । प्रदेश नम्बर २ मा अत्याधुनिक मुटु र क्यान्सर अस्पतालका लागि समिति बनाएर सर्भेको काम सुरु गरिएको समेत उहाँले बताउनु भयो ।

त्यस अवसरमा अस्पतालका लागि विभागले ल्याएको करिब ५ करोड रुपैयाँ बराबरका विभिन्न उपकरणहरु अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको थियो ।