काम नगर्ने र टिप्पणी गर्ने प्रवृतिलाइ बेवास्ता गर्दै अघि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाई

title
शुक्रबार, चैत्र २२, २०७५

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा राम्रो काम गर्ने मानिसलाई खुट्टा तान्ने प्रवृत्ति जारी रहेको भन्दै गुनासो गर्नुभएको छ ।

आज(शुक्रवार) बालुवाटारमा साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको बिमोचन गर्दै प्रधानमन्त्रीले राम्रो काम गर्ने मानिसलाई खुट्टा तान्ने प्रवृत्ति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यक्तिको दृष्टिकोणमा जानुभन्दा पनि आफ्नो गल्ती कमजोरीलाइ सुधार गर्नुपर्ने जिकिर गर्नुभयो ।

काम नगर्ने र टिप्पणी गर्ने प्रवृतिलाइ बेवास्ता गर्दै अघि बढ्नुपर्ने उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले आफ्ना फराकिलो उदेश्यलाई पुरा गर्न अडिक भएर अघि बढ्नुपर्ने पनि बताउनुभयो ।

साहित्यकार थापाले नेपाली साहित्यमा ठूलो योगदान गरेकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गर्दै देशलाई गर्नसक्ने योगदान लेखेर पनि पुरा गर्न सकिने धारणा पनि राख्नुभयो ।