काम शुरु गर्न सपना देख्नुपर्छ

title
बिहिबार, जेष्ठ २, २०७६

जीवनमा अरुले भन्दा फरक र अनुकरणीय काम गरेका व्यक्तिको दैनिकी हाम्रा लागि प्रेरणाका स्रोत हुन् । लामो समयसम्मको मेहनत र परिश्रमबाट प्राप्त उनीहरुको सोच नै जीवन उपयोगी सीपका रुपमा हामीले ग्रहण गर्न सक्छौं ।

१० व्यक्तिको भनाई जुन तपाईका लागि उपयोगी हुन्छ :

संर्घष गरेर बाँच्न सक्षम व्यक्ति नै सबैभन्दा योग्य हुन् : चाल्स डार्बिन
विश्वास एउटामा र काम अर्कैमा भयो भने, कहिल्यै सुख प्राप्त हुँदैन: फ्रेया स्टार्क
जित्नेहरुले फरक काम गर्दैनन, प्रत्येक काम फरक तरिकाले गर्छन : शिव खेडा
सफलताको जन्मदाता साहस हो : विकन्सफील्ड
महान विचारबाटै महान चरित्रको निर्माण हुन्छ : विवेकानन्द
काम शुरु गर्न सपना देख्नुपर्छ : कार्ल स्याण्डवर्ग
काममा व्यस्त हुने व्यक्तिले आँशु बगाउने समय नै पाउँदैन : चाणक्य
‘अरूको विचार र तर्क सुन्न नचाहने कट्टर हो, तर्क गर्न नसक्ने मुर्ख हो, अनि तर्क गर्ने साहस नै नगर्ने नोक्कर हो : ड्रामण्ड
जित्ने आकांक्षा राख्नुभयो भने, आधा जित भइसक्यो । हार निश्चित ठान्नुभयो भने, आधा हारिसक्नुभयो : डेविड एम्ब्रोज
ऐना मात्र सबैभन्दा असल मित्र हो किनभने म रूँदा यो कहिल्यै हास्दैन : चार्ली च्याप्लिन