कायममुकायम प्रधानन्यायाधीश जोशी आजदेखि बिदामा

title
आइतवार, साउन २०, २०७५

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आजदेखि बिदामा बस्नुहुने भएको छ ।

संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा नाम अस्वीकृत गरेपछि उहाँ बिदामा बस्न लाग्नुभएको हो ।

यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

साथै, रोलक्रमका आधारमा वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्ने सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभएको छ ।

जोशीले १ सय २० दिन कायममुकायम प्रधानन्यायाधीशको जिम्मेबारी सम्हाल्नुभएको थियो ।