कारागार पसेका अभियुक्त डाँका भएर निस्कने अवस्था छ : प्रहरी महानिरिक्षक खनाल

title
शुक्रबार, जेष्ठ १०, २०७६

पुरन शाह/धनुषा । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले चोरीको आरोपमा कारागार पसेका अभियुक्त डाँका भएर निस्कने अवस्था आउन थालेको टिप्पणी गर्नुभएको छ ।

प्रदेश १ र २ को अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुहरुको प्रादेशिक सम्मेलनलाई जनकपुरधाममा सम्बोधन गर्दै महानिरिक्षक खनालले शुक्ष्म अनुसन्धान बिना गरिने पुर्पक्ष र करागारको जरजर अवस्थाले चोरीको आरोपमा करागार पसेकाहरु डाँका भएर निस्कने गरेको बताउनु भयो ।

अनुसन्धान प्रमाण र तथ्यमा आधारित हुनुपर्ने र बैज्ञानिक समेत हुन जरुरी रहेको भन्दै आइजिपी खनालले अनुसन्धान र अभियोजनकर्ताबीच कुनै ग्याप रहन नहुने आवयश्कतामा जोड दिनुभयो ।

सम्मेलनमा अपराध अनुसन्धान महाशाखाका डिआइजी सुर्य प्रसाद उपाध्यायले सरकार बादी मुद्दाको अनुसन्धानमा प्रहरी–सरकारी वकिल र मेडिकोनिकल विज्ञहरुबीचको समन्वय तथा कार्यान्वयन स्तरको विकासका लागि सम्मेलन आयोजना गरिएको बताउनु भयो ।

सम्मेलनमा प्रदेश १ र २ का प्रदेश प्रहरी प्रमुखहरु, वरिष्ठ प्रहरी उपरिक्षकहरु, सरकारी वकिलहरु सहितको सहभागिता रहेको छ ।