कालाजातिको हत्यामा संलग्न जोनलाई मृत्युदण्ड

title
बिहिबार, बैशाख १२, २०७६

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा झण्डै २१ वर्षअघि जेम्स बायर्ड जुनियर नामका एक कालाजातिका युवकको नृशंस हत्यामा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिइएको छ ।

जोन विलियम किङ नामका गोरा जातिका व्यक्तिले टेक्सासको जेस्पर नजिक सडकमा सन् १९९८ मा जेम्स बायर्ड जुनियरलाई ट्रकले घिसारेर हत्या गरेका थिए । विलियम किङले कालाजातिलाई खास रुपमा लक्षित गरी जेम्स बायर्डको हत्या गरेको पुष्टि भएको थियो ।

अमेरिकी इतिहासमा सर्वाधिक विभत्स र घृणायुक्त अपराधको संज्ञा दिईएको यो घटनामा दोषी ठहरिएका विलियम किङलाई बुधबार साँझ घातक सुई दिएर मृत्युदण्ड दिइएको थियो ।

अभियोजनकर्ताहरुले २१ वर्षीय युवक बायर्डमाथि कालाजाति भएकै कारण सांघातिक हमला गरिएको पुष्टी भएको बताएका छन् । बायर्डको हत्यामा संलग्नको आरोपमा मृत्युदण्ड दिइएका किङ दोस्रा व्यक्ति हुन् ।

तेस्रो व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ । अमेरिकी सर्वोच्च अदालतले बायर्डको पछिल्लो अपिललाई अस्वीकार गरेको थियो । अभियोजनकर्ताहरुका अनुसार ४४ वर्षीय किङ र दुई अरु गोराजातिका युवाले बायर्डलाई सन् १९९८ को जुन महिनामा साङ्लोले बाँधेर ट्रकमा राखी टेक्सासको जेस्परस्थित सुनसान सडकमा घिसारेर विभत्स रुपमा हत्या गरेका थिए ।