कालिगण्डकी किनारमा किशोरीको शव

title
मङ्लबार, कार्तिक २७, २०७५

स्याङ्जा । गल्याङ नगरपालिका – ५ कुबिन्डे आँधिमुहान स्थित कालिगण्डकी नदीको किनारमा सोमबार किशोरीको शव भेटिएको छ । स्थानीय बासिन्दाले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय बासिन्दाको खबर पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले सो शव कात्तिक १७ गते सेतीवेणी सिलाको पुजा गर्न भनी घरबाट निस्किएकी गल्याङ नगरपालिका –६ बस्ने निशा भुसालको भएको प्रहरीले जनाएको छ ।

शवको पहिचान भएपछि पोष्माटमको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रकाश विष्टले बताउनुभयो ।