कालिगण्डकी नदी भित्र स्काभेटर लगाएर बालुवा निकाल्ने चार जना पक्राउ

title
बुधबार, साउन २, २०७५

बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले कालिगण्डकी नदी भित्र स्काभेटर लगाएर बालुवा निकाल्ने चार जनालाई पक्राउ गरेको छ ।

रातीको समयमा नगरपालिकाको दब्ल्याङ स्थित कालिगण्डकी नदी किनारमा स्काभेटर प्रयोग गरी अबैध रुपमा गिट्टी, बालुवा तथा ढुङ्गा उत्खनन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बागलुङ ताराखोला गाउँपालिकाका २४ बर्षिय पृथ्वी खत्री, स्याङ्जाका १९ बर्षिय भीम थापा, हेटौंडा नगरपालिका वडा नम्बर १७ का बिजय लामा र २० बर्षीय वीरबहादुर लामा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला समन्वय समिति र बागलुङ नगरपालिकाले बालुवा ढुङ्गा, गिट्टी निकाल्नको लागि टेन्डर मार्फत ठेक्का दिएको भएपनि ठेकेदारले संझौता बिपरित आफुखुसि मनपरि ढंगले कालिगण्डकी नदी भित्रै डोजर प्रयोग गरि रातारात बालुवा, ढुङ्गा निकाल्ने काम भएको उजुरी पछि कारबार्ही अगाडि बढाएको प्रहरीले जनाएको छ ।