कालिमाटीका ९८ स्टल खारेज

title
बिहिबार, भदौ ७, २०७५

काठमाडौं – सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको छ ।

सरकारबाट २० हजारमा भाडामा लिइ अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि सम्झौता खारेज गर्न लागिएको हाे।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीका अनुसार ‘सरकारबाट सटर भाडामा लिएर ५ गुणा भन्दा बढीमा अन्य व्यापारीलाई दिइएको पाइएको छ । अब बिचौलियाको सिन्डिकेट अन्त्य गर्छौं ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छ ।