कावासोती दुर्घटनामा २ को मृत्यु, ३२ घाइते मध्ये ११ को अवस्था गम्भीर

title
शनिबार, अशोज १३, २०७५

रामकुमार/नवलपरासी । नवलपरासीको कावासोती–१६ मा शनिवार विहान भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५६२९ नं. को बस विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७७१९ नं को ट्रकसँग ठोक्किएको हो । दुर्घटनामा बस चालक बाँके कोहलपुर नगरपालिका–४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ११ को भरतपुरमा, चारको मध्यविन्दु अस्पताल डण्डा र १७ को कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।