कास्की र तनहुँमा दिनरात नभनी चोरीको विगविगी

title
आइतवार, अशोज २८, २०७५

काठमाडाैँ । हिन्दुहरुको महान पर्व दशैँ नजिकिँदै गएका बेला कास्कीमा चोरको चरम विगविगी बढेको छ । चाडपर्वका बेला चोरीको विगविगी बढेपनि स्थानीय प्रहरीले सुरक्षा दिन नसकेको स्थानीयहरुले चरम गुनासो गरेका छन् ।

कोत्रे, बागमारा, गगनगौँडा, वेगनाश, पचभैया, सिसुवा, लामास्वाँरा, बुढीबजार, तल्लो कुमालगाउँ, उपल्लो कुमाल गाउँ, पण्डितथर रिठेपानी, घरेलुचौर रिठेपानी, अर्घौचोक, खरानीटार, अर्मला, बगर, केहरसिंह पूल, टुँडिखेल, बैदाम, पार्दी, निर्मलपोखरी, भरतपोखरी, फुर्सेखोला, चिरकातेसाउँ, मालेपाटन, मिरुवा, लामाचौर, तल्लो हेम्जा, उपल्लोहेम्जा, कास्की नागडाँडा, लेवाडेकुना लगाएतका स्थानमा पोखरीमा पालेको समेत माछा समेत चोरी भएको हो ।

बागमाराबाट गोविन्द विकका अनु्सार चोरीका विषयमा स्थानीयले पटक–पटक प्रहरीलाई खबर गरेपनि चोरी नियन्त्रण हुन सकेको छैन । त्यस्तै गगनगौँडाबाट सन्तोष अर्यालले दिएको जानकारीअनुसार गोठमा राखिएका बाल्टिनमात्रै होइन, मोटरसाइकलको व्याट्री, कुखुरा, बाख्रा समेत चोरी हुन थालेको छ ।

सिसुवाका स्थानीय पार्वती तिवारीले समेत सुकाएर राखिएका कपडा समेत रातीको समयमा चोरी हुन थालेको छ । पचभैयाका बामदेब ढकाल, कुमाल गाउँका मोतिलाल कुमाल, पण्डितथर रिठेपानीका सन्तोष पराजुली, मिरुवाका मित्रसेन हमाल, कास्कीबाट अनिता तिमिल्सिना, हेम्जाबाट राजु परियार, रिठेपानीबाट मेघबहादुर गुरुङ, निर्मलपोखरीबाट सिताकुमारी अधिकारी समेतले चोरीका घटना बढेको बताएका छन् ।

त्यस्तै घरेलुचौरबाट भण्डारी थरका स्थानीयले दिएको जानकारीका अनुसार समेत साना–साना सामान हराउन थालेको बताए । सैनीकबस्तीका यमलाल श्रेष्ठ, छ्याँविरे गुरुङ, अनिलबहादुर विश्वकर्मा, अञ्जु, सावित्रि गुरुङ, गौमाया, मनमाया गर्बुजा, हरिमाया गुरुङ, कमला कुँवर, अच्युत भण्डारी, सुमित्रा भण्डारी, देविका कुमाल लगाएतले बाल्टनिदेखि, तरकारी मात्रै होइन, धानको बोरा समेत चोरी हुन थालेको बताए ।

उनीहरुले प्रहरीलाई खबर गरेपनि प्रहरी र चोरका बिचमा लुकामारी चलेको बताउँछन् । स्थानीयले दशैका बेला हुने गरेका चोरीका घटना रोक्न आग्रह समेत गरेका छन् । विद्यालय सञ्चालक वा अन्य व्यवसायी र स्थानीय जनप्रतिनिधिको समेत संरक्षणका कारण आतंकित रुपमा चोरीका घटना हुने गरेको नाम नबताउने सर्तमा बास्तोला थरका सिसुवाका स्थानीयले जानकारी दिए ।