कीर्तिमानी मेस्सी, छैटौँ पटक जिते गोल्डेन बुट अवार्ड

title
शनिबार, जेष्ठ ११, २०७६

एजेन्सी । बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले लगातार तेस्रो सिजन गोल्डेन बुट अवार्ड हात पारेका छन् । यस सिजन युरोपियन लिगमा सर्वाधिक गोलकर्ता हुदैँ मेस्सीले गोल्डेन बुट अवार्ड हात पारे । मेस्सीले यो सिजनमा जम्मा ३६ गोल गरेका थिए । यो अवार्डसंगै मेस्सी लगातार तेस्रो सिजन गोल्डेन बुटको अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।

स्ट्राइकर मेस्सीको यो सहित ६ पटक गोल्डेन बुटको अवार्ड जितेका छन् । मेस्सी सर्वाधिक गोल्डेन बुट जित्ने खेलाडीको कीर्तिमानी फुटबलर समेत बनेका छन् । सर्वाधिक गोल्डेन बुट जित्ने खेलाडीमा मेस्सीपछि युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो छन् । रोनाल्डोल् पनि चार पटक गोल्डेन बुटको अवार्ड जितेका छन् ।