किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली पक्राउ

title
शुक्रबार, अशोज १९, २०७५

काठमाडौ । प्रहरीले फरार सूचीमा रहेका तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद ज्ञवालीलाई पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा फरार रहेका ज्ञवालीलाई महानगरीय अपराध महाशाखाको टोलीले कैलालीबाट पक्राउ गरेको हो । बैकिँ कसुर र किर्ते जालसाजी मुद्दामा ज्ञवालीलाई २०७३ जेठ १३ गते उच्च अदालत पाटनबाट ४ बर्ष कैद र ४ करोड २६ लाख जरीवानाको फैसला भएको थियो ।

ज्ञवाली विरुद्ध किष्ट बैंकमा रहँदा जम्को प्रकाशन प्रालीसँग कमसल धितो लिई कर्जा प्रवाह गरेको, बैंकको स्विकृती नलिई शेयरधनी एवं संचालक पटक पटक परिवर्तन गरी मनलागी कर्जा दिएको लगाएतका मुद्दामा कैद तथा जरिवानको फैसला भएको थियो ।

पक्राउ पछि ज्ञवालीलाई आवश्यक कारवाहीका लागि उच्च अदालत पाटन पठाइएको प्रहरीले जनाएको छ ।महेन्द्रनगर क्षेत्रबाट बिहीबार साँझ पक्राउ परेका हुन् ।