कुदे कि उडे ? १०० मिटरको दूरी ९.८७ सेकेण्डमा पूरा

title
बिहिबार, भदौ ७, २०७५

एजेन्सी । अमेरिकी धावक रोनी बेकर यो सिजन १०० मिटरको दूरी सबैभन्दा छिटो पूरा गर्ने कीर्तिमान कायम गरेका छन् । पोल्याण्डमा भएको प्रतिस्पर्धामा बेकरले १०० मिटरको दूरी ९.८७ सेकेण्डमा पूरा गरेका हुन् ।

यो सिजन कुनै पनि धावकले १०० मिटरको दूरी पूरा गरेको यो सबैभन्दा छोटो समय हो । उनले माइक रोजर्स र रामिल गुलियेवलाई पछि पारेका हुन् । गुलियेव २०० मिटरका विश्व तथा युरोपियन च्याम्पियन हुन् ।

२४ वर्षका बेकरले १०० मिटरमा आफ्नो यसअघिको समय पनि घटाएका छन् । यसअघि १०० मिटरमा यो सिजनको सबैभन्दा छोटो समय ९.८८ सेकेण्ड थियो ।

बेकर र अमेरिकाकै नोआ लायल्सले १०० मिटरको दूरी ९.८८ सेकेण्डमा पूरा गरेर सिजन कीर्तिमान बनाएका थिए ।