कुशल नामक कुकुर ‘बेस्ट डग अफ द एयर’ बाट सम्मानित

title
मङ्लबार, कार्तिक २०, २०७५

काठमाडौं । पोखराकी १० वर्षीया बालिका श्रेया विकको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई २४ घण्टा नबित्दै पहिचान गर्ने कुशल नामक कुकुर ‘बेस्ट डग अफ द एयर’ बाट सम्मानित भएको छ ।

०२६ सालबाट अपराध अनुसन्धानमा कुकुरको प्रयोग गर्न थालेको नेपाल प्रहरीले कुकुर तिहारका दिन आज स्वर्ण जयन्ति मनाउदै ‘कुशल’लाई सम्मान गरेको हो ।

जघन्य अपराधका घटना अनुसन्धानका लागि प्रहरीले कुकुरको प्रयोग गर्ने गरेको छ ।

महाराजगञ्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालयको स्वर्ण जयन्तिमा प्रहरी महानिरीक्ष्ँक सर्वेन्द्र खनालले कुकुरलाई तालिम दिई दक्ष्ँ बनाउने र अपराध अनुसन्धानमा खटिएका कुकुरको प्रशंशा गर्नुभयो ।

सोहि कार्यक्रमा गार्ड अफ प्रतियोगिताको विजेता जगें नामक कुकुरले पनि पदक पाएको छ । केन्द्रीय प्रहरी कुकुर तालिम विद्यँलयमा ८ प्रजातीका ५० भन्दा बढि तालिमप्राप्त कुकुर छन् ।