
काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिका नवनिर्वाचित सभापति कुसुमदेवी थापाले शपथ लिएकी छन् ।
बुधबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापति थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । सो क्रममा सभामुख घिमिरेले सभापति थापालाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
यसअघि मंगलबार बसेको कृषि समिति बैठकले सभापतिमा कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो । आरजु देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति रिक्त हुन पुगेको थियो ।