कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको कार्यबिधी तयार गर्न उपसमिति गठन

title
शुक्रबार, भदौ १, २०७५

काठमाडौ । संघीय संसद प्रतिनिधिसभा अन्तगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको कार्यबिधी तयार गर्न उपसमिति गठन भएको छ ।

सिंहदरबारमा बसेको समिति बैठकले समिति कार्यसञ्चालनका लागि कार्यबिधी बनाउन सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिको संयोजनमा घनश्याम खतिवडा रहनुभएको छ भने समितिलाई पाँच दिनको समय तोकिएको समितिका जेष्ठ सदस्य सत्यनारायण शर्मा खनालले जानकारी दिनुभयो । उपसमितिले पेश गर्ने कार्यविधी समितिमा छलफल गरि पारित गरिने उहाँले जानकारी दिनुभयो ।

समितिको कार्य क्षेत्रभित्र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालय रहेका छन ।