केरुङ काठमाडौं रेलमार्ग बारे छलफल सुरु

title
सोमवार, मंसिर २४, २०७५

काठमाडौं । केरुङ काठमाडौं रेलमार्ग बारे छलफल सुरु भएको छ ।

नेपाल आएको उच्चस्तरीय चिनियाँ टोलीसंग सोमवार केरुङ काठमाडौं रेलमार्ग बारे छलफल भएको हो । चिनिया उच्च स्तरिय सरकारी टोलि र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव सहितको नेपाली पक्षबीच छलफल सुरु भएको हो ।

बैठकमा केरुङ काठमाडौं रेलमार्गको डीपीआर कसरि बनाउने भन्ने मोडालिटी बारे छलफल हुने भौतिक पूर्वाधार मन्त्रालयले बताएको छ । छलफल अहिले भौतिक पूर्वाधार तथा यायातात मन्त्रालयमा बसिरहेको छ ।

यो छलफलले बिस्तृत परियोजना प्रतिवेदन बनाउन लाग्ने खर्च कसले बेहोर्ने भन्ने पनि टुंगो लगाउने मन्त्रालयले बताएको छ । यसका साथै चिनिया टोलीले पोखराको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।