
कैलालीका पालिकामा जग्गा नापजाँच गर्ने प्राविधिक जनशक्ति अभाव हुँदा नापजाँचमा समस्या भएको छ । कैलालीका १३ वटा पालिकामध्ये पाँच वटामा राष्ट्रिय भूमि आयोगले दक्ष प्राविधिक कर्मचारी खटाएर जग्गाको नापजाँच गरिरहेको छ । अन्य पालिकाले आफ्नै स्रोतसाधनबाट प्राविधिक कर्मचारी नियुक्त गरेर जग्गा नापजाँच गरिरहेका नापी कार्यालयका प्रमुख जनकराज जोशीले जानकारी दिनुभयो ।
नापजाँच भएको जगाको लालपूर्जा वितरणका लागि सरकारले राजश्व निर्धारणको मापदण्ड समेत नतोकेका कारण समस्या भइरहेको गौरीगङ्गा नगरपालिकाका नगरप्रमुख देवीदत्त कँडेलले बताउनुभयो ।