कोइरालाको स्मृति दिवसः काँग्रेसले समेत सम्झिएन

title
शनिबार, माघ २६, २०७५

काठमाडौँ । संविधान निर्माणमा महत्वपुर्ण भुमिका खेलेका शुसील कोइरालाका नाममा सञ्चालित अस्पताल बन्द गर्ने सरकारी निर्णयको विरोध गर्दै संसद अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल काँग्रेसले उनकै निधन भएको दिनमा भने कुनै पनि औपचारिक कार्यक्रम गरेन ।

संविधान निर्माणका पिता भन्ने काँग्रेसले कोइरालाको निधनमा कुनै पनि कार्यक्रम आयोजना नगर्दा काँग्रेसका कार्यकर्ताहरुले सामाजिक सञ्जालमा पार्टीको आलोचना गरेका छन् ।

काँग्रेसका कार्यकर्ताले सामाजिक सञ्जालमा काेइरालाप्रति श्रद्धाञ्जली दिएपनि पार्टीले भने कुनै पनि  औपचारिक कार्यक्रम आयोजना गरेको छैन ।