कोठा खोज्ने बाहानमा यी महिलाको यस्तो धन्दा

title
सोमवार, अशोज २२, २०७५

सुनसरी । सुनसरीमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । कोठा खोज्ने बाहानामा विभिन्न घरमा चोरी गरेको आरोपमा २० वर्षीय सरस्वती विकलाई प्रहरीले पक्राउ गरेको हो ।

केही समय यता ईटहरीमा यी महिलाले कोठा खोज्ने बहानामा कोहि नभएको घरहरुमा पुगेर चोरी गर्ने गरेको उनीमाथि स्थानीय आरोप छ । स्थानीयवासीले प्रहरी सामू चोरीको विषयमा गुनासो गरेपछि प्रहरीले सरस्वतीमाथि निगरानी बढाएको थियो।

पक्राउ परेकी महिलाको साथबाट प्रहरीले ६ तोला सुन र ७४ हजार नगद समेत प्रहरीले बरामद गरेको छ।