
आइतबार बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । कोरम नपुगेका कारण बैठक स्थगित गरिएको समिति सभापति अम्बर बहादुर थापाले जानकारी दिए । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको थियो । गणपूरक संख्या नपुगेका कारण स्थगित बैठक सोमबार पुनस् १ बजे बोलाइएको सभापति थापाले बताए । २४ सदस्य रहेको समितिको बैठक बस्न १३ जना हुनुपर्ने आवश्यक हुन्छ । बैठकमा सहभागी हुनका लागि शिक्षामन्त्री विद्या भट्टराई पनि समितिमा उपस्थित भएकी थिइन् ।