कोलकाता कस्टमलार्इ हराउँदै मनाङ सेमिफाइलनमा

title
बिहिबार, कार्तिक १५, २०७५

काठमाडौं । नेपालको मनाङ मस्र्याङ्दी क्लब सिक्किम गवर्नर्स गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वार्टर फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले कोलकाता कस्टमलाई ४–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमि फाइनलको यात्रा तय गरेको हो ।

मनाङ मस्र्याङ्दीका लागि विमल राणा र कप्तान सुजल श्रेष्ठले दुई–दुई गोल गरे । कोलकाताका लागि एक गोल राकेश धाराले गरे भने अर्को गोल उपहारमा पायो । खेलको २८औं मिनेटमा मनाङका डिफेन्डर मोहम्मद आशिफले आत्मघाती गोल गरेपछि कोलकाता कस्टमले यो गोल उपहारमा पाएको थियो ।

अब सेमिफाइलमा मनाङ मस्याङ्दीले बिहीवार एटीके कोलकाताको सामना गर्नेछ । एटीके कोलकाताले सोमवार जर्ज टेलिग्राफलाई ५–१ को गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित बनाएको थियो ।