डढेलो प्रभावित क्षेत्रमा ट्रम्पद्वारा अवलोकन

title
आइतवार, मंसिर २, २०७५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियामा भएको अमेरिकी इतिहासकै सबैभन्दा भीषण मानिएको डढेलोले निम्त्याएको विनाशको अवलोकन गरेका छन् ।

‘क्याम्प फायर’ नाम दिइएको डढेलोका कारण हालसम्म कम्तिमा ७१ जनाको ज्यान गइसकेको अधिकारीहरुले बताएका छन् । डढेलोमा परि एक हजारभन्दा बढी मानिस बेपत्ता भएका छन् ।

अमेरिकी अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । डढेलोका कारण प्याराडाइज नगर लगभग ध्वस्त भएको छ ।

डढेलो प्रभावित क्षेत्रको अवलोकनपछि राष्ट्रपति ट्रम्पले प्याराडाइज नगरमा सम्बोधन गर्दै डढेलोले गरेको विनासको दृश्य देख्दा आफूलाई दुःख लागेको ट्रम्पले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले डढेलो नियन्त्रणमा खटिएका र हराएकाहरुको खोजीमा सक्रिय रहेकाहरुको कामको प्रशंसासमेत गरेका छन् । यद्यपि यसलाई पूर्णरूपमा नियन्त्रणमा लिन अझै केही समय लाग्ने बताइएको छ ।