
काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । पार्टीका नेता–कार्यकर्ता शान्तिवाटिकामा जम्मा भई जुलुससहित न्युरोडस्थित भूगोलपार्कमा पुगेर महाधिवेशन उद्घाटन गरिएको हो ।
यही मंसिर २३ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा अध्यक्ष मोहन वैद्यले पेस गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल र परिमार्जनसहित पारित गरिने उक्त पार्टीले जनाएको छ ।
महाधिवेशनमा देशभरबाट साढे ३०० प्रतिनिधि सहभागी छन् । हिमालयन टेली भ्वाइस