क्रिश्चियन धर्म प्रचार गर्ने संस्थाको कार्यक्रममा सरकार सहआयोजक बनेकोमा काँग्रेसको विरोध

title
शनिबार, मंसिर ८, २०७५

काठमाडौँ । काठमाडौँमा हुन लागेको ’द एसिया प्यासिफिक समिट २०१८’को कार्यक्रममा नेपाल सरकार सह– आयोजक बनेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले कडा विरोध गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे सरकार एउटा आईएनजिओको कार्यक्रमको सहआयोजक हुनु आपत्तीजनक बिषय भएको उल्लेख गर्नुभयो ।

सरकार भन्दा माथि कुनै आईएनजिओ हुन नसक्ने भन्दै प्रवक्ता शर्माले सरकारसंगै संसदलाई पनि सहआयोजक बनाईएकोमा आपत्ती जनाउनुभयो । कञ्चनपुरमा न्यायका लागी धर्ना बसेका निर्मलापन्तका बुबाको मानसिक अबस्था बिग्रीएको अबस्थामा सरकार कञ्चनपुरमा नभई आईएनजीको कार्यक्रममा भेटिएको टिप्पणी गर्नुभयो ।

त्यस्तै मुलुकमा हत्या हिंसाको घटनामा बृद्धि भईरहेको अबस्थामा सरकार गम्भीर नभएको उहाले बताउनुभयो । निश्चित धर्म प्रचारका लागि सम्मेलन हुन लागेको जानकारी प्राप्त भएको भन्दै उहाले धर्म निरपेक्षमुलुकले कुनै धर्म विशेषको कार्यक्रमको आयोजन हुन नमिल्ने र यसले संबिधानको पनि उलंघन हुने तर्क गर्नुभयो ।

क्रिश्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिर्भसल पिस फेडरेसन (युपीएफ)को नेपाल शाखाले मंसिर १४ देखि १७ गतेसम्म प्रधानमन्त्रीको उपस्थितिमा काठमाडौंमा सम्मेलन गर्न लागेको छ । आयोजकले वितरण गरेको निमन्त्रण कार्डमा उक्त सम्मेलनको सह आयोजकमा नेपाल सरकार र संघीय संसद उल्लेख छ ।