क्षति पुगेका सम्पदा चाँडो बनाउनुहोस्–प्रधानमन्त्री

title
बिहिबार, बैशाख १२, २०७६

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त सम्पदाको चाडो निर्माण गर्न निर्देशन दिएका छन् ।

काठमाडौ महानगरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको बसन्तपुरमा आयोजना गरेको बिनासकारी भूकम्पको चौथोस्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्पदा पुननिर्माणमा विवाद गर्न नहुने बताए । उनले सम्पदाको निर्माणमा ढिलाई नगर्न आग्रह गर्दै सम्पदा पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाएको बताए । अबको २० महिनाभित्र पुनर्निर्माणले पूर्णता पाउने प्रधानमन्त्रीको दाबी छ ।

कार्यक्रममा काठमाडौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले केहिस्थानको सम्पदा निर्माणमा अवरोध भइरहेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । काठमाडौ महानगरपालिकाको कार्यालय रहेको बागदरवारको निर्माण कार्य अघि बढाउन नदिंदा कार्यसम्पादनमा समस्या परेको पनि मेयर शाक्यले गुनासो गरे ।

प्रधानमन्त्री ओलीले भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रको अवलोकन पनि गरेका छन् ।