उर्जा क्षेत्रमा विश्व बैंकले १० अर्ब ऋण दिने

title
बुधबार, अशोज ३, २०७५

काठमाडाैं । नेपालको मुख्य दातृ निकाय विश्व बैंकले उर्जा क्षेत्रका लागि १० अर्ब नेपाली रुपैयाँ बराबरकाे ऋण दिने भएकाे छ। याे क्षेत्रका लागि पहिलाे भएकाे बैंकले दावी गरेकाे छ। नेपालको उर्जा क्षेत्र सुधारका लागि लगानी हुने बैंकले जानकारी दिएको छ। यो लगानीसँगै नेपालको उर्जा विश्वासनीय,सुलभ र दिगो हुने बैंकको विश्वास रहेको छ।

डेभलेपमेन्ट पोलिसी क्रेडिट अन्तर्गत १०० मिलियन अमेरिकी डलर ऋण स्वीकृत भएको र यसले नेपालमाको नियमकको संस्थागत सुधारमा बल पु¥याउने विश्वास लिइएको छ। ‘यो लगानीले नेपालको उर्जा क्षेत्रको संस्थागत सुधार, परिमार्जनबाट उर्जाको गुणस्तरीय सेवा प्रवाहमा बल पुग्ने छ’ बैंकका नेपाल डाइरेक्टर फेरिस हदाद जेरोभसले भने,‘हाम्रो लक्ष्य भनेकै क्षेत्रीय उर्जा बजारमा एकिकृत गरेर प्रतिस्पर्धी होलसेल बजार बनाउनु हो।’

नेपालको मुख्य दातृ निकाय विश्व बैंक समूहका संस्थाहरुले लगानीमा सक्रिय रहेका छन्। हाल बैंकले २२ आयोजनामा २ अर्ब ५० करोड अमेरिकी डलर लगानी प्रतिबद्धता रहेको छ। बैंकले २०१८ देखि ०२० सम्म १ अर्ब ३९ करोड डलर लगानी गर्ने जनाएको छ।  विश्व बैंक समूह अन्तर्गतको मल्ट्रीलाट्रल इन्भेस्टमेन्ट एजेन्सी(मिगा)ले नेपालमा विदेशी निजी लगानीलाई सघाउने अवसर खोजिरहेको बैंकले जानकारी दिएको छ।

नेपालमा पहिलोपटक सन् १९६३ मा आएको बैंकले हालसम्म ४ अर्ब ७५ करोड अमेरिकी डलर सहयोग गरेको छ। जसमा ३ अर्ब ४८ अर्ब ऋण र १ अर्ब २७ करोड अनुदान रहेको छ।