खकुरी प्रहार गरी युवकको हत्या

title
शनिबार, कार्तिक ३, २०७५

मोरङ । पथरीशनिश्चरे–८ को शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । शुक्रबार राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसइबीलाई लिएर त्यसै ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरिएको हो ।

खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयले जनाएको छ । हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको छ