खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

title
मङ्लबार, पुस २४, २०७५

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनले १८ करोड ६६ लाख रुपैयाँभन्दा बढी गैरकानुनी (अकुत) सम्पत्ति आर्जन गरेको अभियोग छ ।

पत्नी शर्मिला खड्का र अन्य व्यक्तिको नाममा समेत अवैध सम्पत्ति लुकाएको दाबीसहित तिनलाई प्रतिवादी बनाइएको छ । खड्कालाई तीन वर्षसम्मको जेल, विगो जफत र त्यति नै रकम बराबर जरिवानाको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्दा दायर गरेको हो ।

नवीनकुमार घिमिरे अख्तियार प्रमुख बनेपछि अकुत सम्पत्ति आर्जनको अभियोगमा दायर भएकामध्ये यो सबैभन्दा ठूलो विगोको मुद्दा हो । समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।