खड्गबहादुर बिकलाई आगजनी अभियोगको अनुसन्धान गर्न जिल्ला अदालत नुवाकोटले तीन दिन थुनामा राख्ने

title
शुक्रबार, भदौ ८, २०७५

रामहरि न्यौपाने/नुवाकोट । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई आगजनी अभियोगको अनुसन्धानका लागि नुवाकोट जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

गएको साउन ७ गते बेलकोटगढी नगरपालिका–९ स्थित धमले–दुईपिपल सडक निर्माणको जिम्मा पाएको नागार्जुन कन्सट्रक्सन प्रालिको दुई थान स्काभेक्टरमा आगजनी गरेको अभियोगमा विश्वकर्मालाई अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो ।

अदालतले तीन दिन थुनामा राख्न अनुमति दिए पश्चात प्रकाण्डले आफूसहित आफ्नो पार्टी र वर्तमान सरकारबीच राजनीतिक असहमति रहेकाले षडयन्त्र गरी फसाउन जालझेल गरेको प्रतिक्रिया दिनुभयो ।

काठमाडौबाट बिहीबार पक्राउ गरी नुवाकोट पु¥याइएका प्रकाण्डलाई डोजर आगजनीमा उहाँसहित १५ जनाको संलग्नता रहेको दाबी गर्दै त्यसलाई पुष्टि गर्न ‘फोन सम्पर्क’ लगायतमा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको नुवाकोट प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिनुभयो ।