खसी बोकाको मूल्यमा मनलाग्दी, उपभोक्ता मारमा

title
मङ्लबार, अशोज ३०, २०७५

काठमाडौं । दशैंको समयमा अन्य उपभोग्य बस्तुजस्तै खसी बोकाको पनि बढि कारोबार हुने गर्दछ । खासगरी दशैको समय मासु खाने चलन र अष्टमीको दिन बलि दिने परम्परा अनुसार दशैमा खसी बोकाको विक्री बढि हुने भएपनि बजारमा खसी बोकाको मूल्यमा व्यापारीले मनलाग्दी गर्दा उपभोक्ता मारमा पर्दै आएका छन् ।

दशैको समयमा अन्य बस्तुको जस्तै मासुको पनि बढि प्रयोग हुने गर्दछ । चाडपर्व खाशगरी दशैंको समयमा मासु खाने अधिकांशको चलन छ ।

चाडपर्वको अवसरमा मासुको खपत बढ्ने हुनाले देशका विभिन्न ठाउँबाट खसी, बोका च्यांग्रा लगायतका पशुपन्छी काठमाडौं भित्राइन्छ । दशैमा अधिकांशले बलि दिन र मासुको प्रयोग लागि खसी बोका खरिद गर्ने प्रचलन छ ।

तर व्यापारीले खसी बोकाको मूल्य आफूखुसी तोक्दा भन्ने सर्वसाधारण उपभोक्ता मारमा पर्ने गरेका छन् । काठमाडौंको टुकुचा, कलङ्की लगायतका स्थानबाट खसी बोकाको कारोबार भइरहेको छ ।

खसी बोकाको मूल्यको व्यापारीले मनोमानी रूपमा गर्दा सामान्य सर्वसाधारणले सजिलै खसी बोका किन्ने अवस्था छैन । खाद्य संस्थान सिमित मात्रामा खसी बोका भित्राएर विक्री गरेपनि त्यो पर्याप्त हुन सकिरहेको छैन । मागलाई आन्तरिक उत्पादनले धान्न नसक्दा दशैंका लागि झण्डै ८० प्रतिशत खसीबोका भारतबाटै ल्याइन्छ ।

यो समयमा चीनबाट पनि भेडाच्याङ्ग्रा आउने गरेका छन् । व्यवसायीहरूका अनुसार दशैंमा खपत हुने मासुका लागि २० प्रतिशत चौपाया“ मात्रै नेपालका आन्तरिक उत्पादन हुन्छन् ।

बाँकी सबै भारत र चीनकै भर पर्नु पर्ने अवस्था छ । मुलुकको आन्तरिक उत्पादन कमजोर हुँदा मासुका लागि खपत हुने यस्ता चौपायामा परनिर्भर हुनुपर्ने अवस्था छ ।

दशैंमा मासुकै लागि अधिक खपत हुने राँगाभैंसी के कति आयात हुन्छ भन्ने आँकडा भने व्यवसायीसँगै नै छैन ।